आइतबार, भाद्र २८ गते २०८३
images

हामीले राम्रो खेलेको तर गोल भएन : प्रशिक्षक कटुवाल

एक्सप्रेस पाना
चैत्र २२, २०७८ मंगलबार
  • 532
    SHARES
  • हामीले राम्रो खेलेको तर गोल भएन : प्रशिक्षक कटुवाल

    चैत २२ काठमाडौं । एएफसी कप २०२२ छनोटको पहिलो चरणबाटै बाहिरिएको मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवालले राम्रो खेलेपनि गोल नहुँदा हार बेहोर्नु परेको बताएका छन् ।

    images

    ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब एएफसी कप २०२२ छनोटको पहिलो चरणमा मंगलबार श्रीलंकन सुपर लिग च्याम्पियन टोली ब्लु स्टार क्लबविरुद्ध घरेलु मैदानमा २-१ गोल अन्तरले पराजित भयो ।

    खेलपछि कटुवाले भने, 'खेल पक्कै राम्रो थियो । राम्रो खेल्दा पनि सफल भएनौं । खेल जित्न गोल गर्नुपर्छ गोल भएन ।

    images

    पहिलो हाफको २४औं मिनेटमा मोहम्मद इहसानले ब्लु स्टारलाई अग्रता दिलाए । मोहम्मद फजलले क्विक फ्रिकिक प्ले गर्दै इहसानलाई बल दिएका थिए । जसमा इहसानलने कुनै गल्ती गरेनन् ।

    त्यस्तै खेलको २८औं मिनेटमा सेनल सन्देशले घरेलु टोलीविरुद्धको अग्रता दोब्बर पारे । मध्यभागबाट आएको बलमा सन्देशले रन्जित धिमाललाई बिट गर्दै १८ यार्ड बक्सको बायाँतर्फबाट सहजै जालीको दिशा दिए । इन्जुरी समयमा मनिष डांगीको क्रसमा कप्तान सुजल श्रेष्ठले सान्त्वना गोल फर्काएका थिए ।

    यस्तै कटुवालले खेलमा १०/१२ अवसर बनाए पनि दुई तीन प्रहार पोस्टमा लाग्नु टोलीले गोल गर्न नसकेको बताए । मछिन्द्रलाई हराएसँगै ब्लु स्टारले छनोटको दोस्रो चरणमा भारतीय टोली एटिके मोहन बगानसँगको भेट पक्का गरेको छ ।