सोमबार, कार्तिक १७ गते २०८३
images
images

गोरखाको सिरानचोक गाउँपालिकामा अवकास पाएका कर्मचारीलाई प्रोत्साहन रकम उपलब्ध

एक्सप्रेस पाना
आषाढ २४, २०७८ बिहीबार
  • 533
    SHARES
  • गोरखाको सिरानचोक गाउँपालिकामा  अवकास पाएका कर्मचारीलाई प्रोत्साहन रकम उपलब्ध

    लामो समय विद्यालयको कार्यालय सहयोगीको रुपमा काम गरेका कर्मचारी पिएन सबै विद्यालयमा अस्थायी छन् । उनीहरुलाई स्थानीय तहले तोकेको तलबबाहेक अन्य सुविधा छैन । जति वर्ष सेवा गरेपनि रित्तो हात घर फर्कनुपर्ने उनीहरुको बाध्यता छ ।

    images

    गोरखाको सिरानचोक गाउँपालिकाले  विद्यालयमा वर्षौँ सेवा गरेर उमेर हदका कारण अवकास पाएका कर्मचारीलाई प्रोत्साहन रकम उपलब्ध गराउन सुरु गरेको छ । ‘हामीले सेवा निवृत्त विद्यालय कर्मचारीलाई नगद ५० हजार दिएर बिदाई गर्न सुरु गरेका छौँ’, गाउँपालिका अध्यक्ष राजु गुरुङले भने ।

    ६० वर्ष उमेरहद पुगेर अनिवार्य अबकास पाएकाहरु ३० वर्ष १० महिनादेखि ४७ वर्ष चार महिना सेवा गरेकाहरु रहेको उनले बताए ।
    गाउँपालिकाले ५० हजार सहित अबकास दिएका मध्ये ४७ वर्ष चार महिना सेवा गरेका महेन्द्रलीला मावि हर्मीका कृष्णप्रसाद ढकाल, ३५ वर्ष ११ महिना सेवा गरेका हिमाली माविका सन्तबहादुर गुरुङ, ३४ वर्ष १ महिना सेवा गरेका आहाल भञ्ज्याङ माविका तेजबहादुर भण्डारी, ३३ वर्ष तीन महिना जनज्योति माविमा सेवा गरेका हरिप्रसाद दाहाल, ३२ वर्ष चार महिना चम्पाबती माविमा सेवा गरेका ऋषिराम ढकाल, ३० वर्ष १० महिना सेवा गरेका मण्डली माविका दयाराम पोखरेल रहेका छन् ।

    images

     ६० वर्ष पुगेर सेवा छाडेकालाई ५० हजार र त्यो भन्दा अगाबै छाडेकालाई कम रकम दिने नीति गाउँपालिकाले लिएको बताए ।
    ‘उमेर छँदासम्म विद्यालयमा सेवा गर्ने र ६० वर्ष कटेपछि रित्तो हात फर्कनुपर्ने अवस्था छ।  कर्मचारीहरुको आत्मासम्मानका लागि यो अभियान सुरु भएको छ ।  ।’ चालु आर्थिक वर्ष ६ लाख बिनियोजन भएको र आगामी वर्ष पनि यो कार्यक्रम निरन्तर चलिरहने उनले बताए ।
    ‘वडा कार्यालय, गाउँपालिका र मातहतका कार्यालयमा रहेका सहयोगी, करारका कर्मचारीको हकमा पनि यो कार्यक्रम लागु हुनेछ ।
    कयौँ पटक स्थायी गर्न वा राज्यबाट सेवा सुविधाको माग गरेर आन्दोलन गरेपनि अहिलेसम्म सुनुवाई भएको छैन ।