आइतबार, भाद्र २८ गते २०८३
images

चेल्सीको मैदानमा रियलको सानदार जित, बेन्जेमाको ह्याट्रिक

एक्सप्रेस पाना
चैत्र २४, २०७८ बिहीबार
  • 321
    SHARES
  • चेल्सीको मैदानमा रियलको सानदार जित, बेन्जेमाको ह्याट्रिक

    एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा चेल्सीको घरेलु मैदानमा पाहुना टोली रियलले करिम बेन्जेमाको ह्याट्रिकमा सानदार जित निकालेको हो । 

    images

    बुधवार राति भएको खेलमा रियलले ३-१ गोलको जित निकालेको हो । पाहुना टोली रियलको जितमा फ्रेन्च फरवार्ड तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे ।

    इङ्लिस क्लब चेल्सीका काइ हाभार्टले सान्त्वना गोल गरे । बेन्जेमाले खेलको २१, २४ र ४६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । चेल्सीका काइले खेलको ४०औं मिनेटमा सान्त्वना गोल गरे ।

    images

    उक्त जितपछि रियलले सेमिफाइनल सम्भावना बढाएको छ । अब दोस्रो लेग रियलको घरेलु मैदानमा १३ अप्रिलमा हुनेछ  ।