शुक्रबार, भाद्र २६ गते २०८३
images

लक्ष्मी बैंकको वितरणयोग्य नाफा उच्च, १ अर्ब ३६ लाख नाघ्यो   

एक्सप्रेस पाना
श्रावण ३०, २०७८ शनिबार
  • 284
    SHARES
  • लक्ष्मी बैंकको वितरणयोग्य नाफा उच्च, १ अर्ब ३६ लाख नाघ्यो   

    काठमाडौँ । लक्ष्मी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.२० प्रतिशत बढी हो। शनिबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखाएको हो । 

    images

    बैंकको खुद ब्याज आम्दानी ७.०१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २३.६५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७.६६ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ४७ करोड ५२ लाख रुपैयाँबाट बढेर ५६ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

     बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ पैसा बढेर १४ रुपैयाँ ४१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७.४१ गुणा रहेको छ ।  प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ३२ पैसा रहेको छ।  बैंकको चुक्ता पूँजी ९ प्रतिशत बढेको छ भने जगेडा कोष ४७.२९ प्रतिशत बढेको छ। 

    images