चैत २४ इटहरी । १२औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता २०७८ अन्तर्गत दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा आज नेपाल आयल निगम मनाङ मर्स्याङदी फुटब क्लब र सगरमाथा युथ क्लब मोरङबिच हुँदैछ ।
दिउँसो ३ बजेबाट इटहरी रंगशाला सुनसरीमा हुने खेलमा मनाङ सहज जित निकाल्दै फाइनल प्रवेश गर्ने दाउमा रहेको छ । मनाङ आजको खेलमा जित निकाल्दै उपाधि नजिक जाने अभियानमा रहेको छ । यस्तो उक्त खेलको विजेता टोली उपाधिका लगि विभागिय टोली त्रिभुवन आर्मी क्बल सँग प्रतिस्पर्धा गर्नेछ ।
यस अघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले रोलिङ क्लब झापालाई २-१ ले पराजित गर्दै फाइनल पुगेको हो । आर्मीको फाइनल यात्रामा टेक बहादुर बुढाथोकी र सन्तोष तामाङले गोल गरे । यता रोलिङका मार्टिनले एक गोल फर्काए ।


