आइतबार, भाद्र २८ गते २०८३
images

इटहरी गोल्डकप : २-० गोलको अग्रता जोगाउन नसक्दा मनाङ पराजित, सगरमाथा युथ क्लब फाइनलमा

एक्सप्रेस पाना
चैत्र २४, २०७८ बिहीबार
  • 1.0K
    SHARES
  • इटहरी गोल्डकप : २-० गोलको अग्रता जोगाउन नसक्दा मनाङ पराजित, सगरमाथा युथ क्लब फाइनलमा

    चैत २४ काठमाडौं । १२औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता २०७८ अन्तर्गत दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा नेपाल आयल निगम मनाङ मर्स्याङदी फुटबल क्लब सगरमाथा युथ क्लब मोरङसँग पराजित भएको छ । 

    images

    बिहिवार इटहरी रंगशाला सुनसरीमा भएको खेलमा मनाङ सगरमाथा युथ क्लबसँग ४-२ गोल अन्तरले पारजित भएको हो । पहिलो हाफमै २-० गोलको आरामदायी अग्रता बनाएको मनाङ दोस्रो हाफमा सम्हालिन नसक्दा खेल ४-२ गोलले गुमाउनु परेको हो । 

    उक्त हारसँगै मनाङ जारी सिजन तेस्रो उपाधि जित्न बाट मञ्चित भएको छ । यता विजयी सगरमाथा युथ क्लब फाइनलमा प्रवेश गरेको छ । उक्त जितसँगै सगरमाथाले अब उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्बल सँग प्रतिस्पर्धा गर्नेछ । 

    images

    फाइनल खेल आगामी शनिबार इटहरी रंगशालामा हुनेछ ।