चैत २५ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको खेलमा दिल्ली क्यापिटल्स लखनउ सुपर जायन्ट्ससँग ६ विकेटले पराजित भएको छ ।
सुरुवाती ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । लखनउको जितमा क्विन्टन डी ककले ८० रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान केएल राहुलले २४ रन बनाए। कुर्नाल पान्डयले १९ रन बनाउँदा दीपक होडाले ११ रन जोडे । दिल्लीका कुलदिप यादवले २ विकेट लिए ।
त्यसअघि दिल्लीका लागि पृथ्वी शले सर्वाधिक ६१ बनाए । ऋषव पन्तले ३९ रन बनाउँदा सर्फराज खानले अविजित ३६ रन जोडे । लखनउका रवी बिशोईले २ तथा कृष्नपा गोथामले १ विकेट हात पारे ।
उक्त जितसँगै लखनउले ४ खेलमा ६ अंक जोडेको छ । ऊ तालिकाको दोस्रो स्थानमा पुगेको छ । दिल्ली ३ खेलमा २ अंकसहित सातौं स्थानमा छ ।


