आइतबार, भाद्र २८ गते २०८३
images

महिलाबीच भलिबलको उपाधिका लागि पुलिस र लुम्बिनी भिड्ने

एक्सप्रेस पाना
चैत्र २५, २०७८ शुक्रबार
  • 518
    SHARES
  • महिलाबीच भलिबलको उपाधिका लागि पुलिस र लुम्बिनी भिड्ने

    चैत २५ काठमाडौं । विभागीय नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश सञ्जय स्मृति राष्ट्रिय महिलाबीच भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । 

    images

    शुक्रबार भएको दुई फरक खेलमा विजयी हुँदै पुलिस र लुम्बिनी फाइनल प्रवेश गरेका हुन् । 

    पाल्पाको सदरमुकाम तानसेनस्थित रानीमहलमा भएको दोस्रो सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई  २१–१९, २१–९ ले पराजित गर्‍यो । 

    images

    यता, पहिलो सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई २१–१७, २१–१४ को सोझो सेटमा हरायो । 

    प्रतियोगितामा शतप्रतिशत नतिजा निकालेको पुलिसले उपाधिका लागि शनिबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान १० बजे हुनेछ ।

    प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।