आइतबार, भाद्र २८ गते २०८३
images

जर्मन बुन्डेसलिगा : डर्टमन्डको सहज जित

एक्सप्रेस पाना
चैत्र २६, २०७८ शनिबार
  • 474
    SHARES
  • जर्मन बुन्डेसलिगा : डर्टमन्डको सहज जित

    एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा दोस्रो स्थानको बोरुसीया डर्टमन्डले स्टटगार्टमाथि सहज जित निकालेको छ ।

    images

    शुक्रबार राति स्टटगार्टको घरेलु मैदानमा भएको खेलमा डर्टमन्ड २-० गोलले विजयी भयो । डर्टमन्डको जितमा जुलियन ब्रान्डले दुबई गोल गरे ।

    खेलको १३औं मिनेटमा हालान्डको पासमा जुलियनले गोल गरि पहिलो हाफमा १-० गोलको अग्रता दिलाए । त्यस्तै पहिलो हाफमा १-० गोलको अग्रता बनाएको डर्टमन्डको लागि खेलको ७२औं मिनेटमा पुनः जुलियनले गोल गरि खेलमा २-० गोलको जित दिलाए ।

    images

    उक्त जितसँगै डर्टमन्डले जारी सिजन २९ खेलबाट ६० अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । यस्तै ऊ शिर्ष स्थानको बायर्न भन्दा ६ अंकले पछि छ । यधपी बायर्नले एक खेल कम खेलेको छ ।