एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत जारी सिजन २०१२/२२ को ३२औं साताको खेलमा न्युकासल विजयी भएको छ ।
शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा पाहुना टोली उल्भ्समाथि १-० गोलको कठिन जित निकालेको हो । न्युकासलको जितमा क्रिस वुडले निर्णायक गोल गरे ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३औं मिनेटमा न्युकासको लागि क्रिस वुडले पेनाल्टीमा गोल गरि जित पक्का गरे ।
उक्त जितसँगै जारी सिजन ३१ खेलबाट ३४ अंक जोड्दै न्युकासल १४औं स्थानमा उक्लिएको छ । यता पराजित उल्भ्सको भने ३२ खेलबाट ४९ अंकसहित आठौं स्थानमा यथावत् रहेको छ ।


