आइतबार, भाद्र २८ गते २०८३
images

लिग वान : नेयमार र एमबाप्पेले ह्याट्रिक गर्दा मेस्सी गोलविहीन

एक्सप्रेस पाना
चैत्र २७, २०७८ आइतबार
  • 435
    SHARES
  • लिग वान : नेयमार र एमबाप्पेले ह्याट्रिक गर्दा मेस्सी गोलविहीन

    एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति सानदार जित निकाल्दा फरवार्डद्वय नेयमार जुनियर र केलियन एमबाप्पेको ह्याट्रिक पूरा गर्दा अर्का स्टार लियोनल मेस्सी भने गोलविहीन भएका छन् ।

    images

    नेयमार र एमबाप्पेले ३/३ गोल गर्दा पिएसजीले घरेलु टोली क्लेरमोन्ट फुटमाथि ६-१ को फराकिलो जित निकाल्यो । पिएसजीको जितमा नेयमारले ६, ७१ र ८३ मिनेटमा गोल गरे । एम्बाप्पेले १७, ७४ र ८० मिनेटमा ह्याट्रिक पूरा गरे । घरेलु टोलीका जोडेल डोस्सोउले एक गोल फर्काए ।

    गोलविहीन रहेका मेस्सीले ह्याट्रिक असिस्ट भने गरे । उनले एमबाप्पेलाई दुई असिस्ट दिए भने नेयमारलाई एक अन्तिम पास उपलब्ध गराएका थिए ।

    images

    उक्त जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३१ खेलबाट ७१ अंक पुगेको छ । पिएसजीले दोस्रो र तेस्रो स्थानको रेन्नेस र मार्सेलाई १५ अंकले पछि पारेको छ । यता पराजित क्लेरमोन्ट फुट २८ अंक जोडेर १७औं स्थानमा छ ।