आइतबार, भाद्र २८ गते २०८३
images

प्रिमियर लिग : टोटहमको सहज जितमा सनको ह्याट्रिक

एक्सप्रेस पाना
चैत्र २७, २०७८ आइतबार
  • 352
    SHARES
  • प्रिमियर लिग : टोटहमको सहज जितमा सनको ह्याट्रिक

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हस्पोटले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पाहुना टोली टोटनहमले घरेलु टोली एक्स्टन भिल्लामाथि ४-० गोल अन्तरको सहज जित निकालेको हो । 

    images

    पाहुना टोली टोटेनहको जितमा दक्षिण कोरियाली फरवार्ड सनले ह्याट्रिक पूरा गरे भने डिजेनले एक गनेल गरे । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको टोटनहले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भयो । सनले खेलको दोस्रो मिनेटमै गोल गरि १-० गोलको अग्रता दिलाएका थिए । त्यस्तै उनले ६६ र ७१औं मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरे । भने डिजेनले एक गोल गरे उनले खेलको ५०औं मिनेटमा गोल गरेका हुन् । 

    उक्त जितसँगै टोटनहमले जारी सिजन ३१ खेलबाट ५७ अंक जोड्दै चौथो स्थानमा रहेको छ । यता पराजित भिल्लाको भने समान खेलबाट ३६ अंकसहित तालिकाको १२औं स्थानमा रहेको छ । 

    images