आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित

एक्सप्रेस पाना
चैत्र २७, २०७८ आइतबार
  • 490
    SHARES
  • नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित

    चैत २७ काठमाडौं । एएफसी फुटसल एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोलको फराकीलो अन्तरले पराजित भएको छ ।

    images

    कीर्गिस्तानको बिश्केकमा भएको खेलमा उज्वेकिस्तानलाई जित दिलाउन रोपिइभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले समान एक एक गोल गरे । नेपालका लागि मणि लामाले एक मात्र गोल फर्काए ।

    एसियाली छनोटमा बलियो मानिएको उज्वेकिस्तानले पहिलो हाफमै ३-० गोल गरेको थियो । नेपालले दोस्रो हाफमा एक गोल फर्कायो । 

    images

    खेलको दोस्रो मिनेटमै निशोनोभले गोल गर्दै उज्वेकिस्तानलाई अग्रता दिलाए । ११औँ मिनेटमा अकबरले दोस्रो गोल गरे भने इख्तियोरले १६ मिनेटमा गोल गर्दा नेपाल पहिलो हाफमा ३-० ले पछि पर्यो । 

    २८ मिनेटमा रिवाउण्ड बलमा मणिले गोल गर्दै अग्रता ३-१ मा झारे । ३२ मिनेटमा इख्तियोरले व्यक्तिगत तेस्रो गोल गरे भने एब्बोसले ४०औँ मिनेटमा गोल गर्दै उज्वेकिस्तानलाई ५-१ को सहज जित दिलाए । 

    समूह ’बी’ मा रहेको नेपालले दोस्रो खेलमा सोमबार ताजकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल २९ चैतमा अफगानिस्तानसँग खेल्नेछ ।