सोमबार, कार्तिक १७ गते २०८३
images
images

आन्तरिक तयारीका लागि एमाले कार्यदलको बैठक ७ बजेसम्म स्थगित

एक्सप्रेस पाना
आषाढ २४, २०७८ बिहीबार
  • 469
    SHARES
  • आन्तरिक तयारीका लागि एमाले कार्यदलको बैठक ७ बजेसम्म स्थगित

    काठमाडौँ– नेकपा (एमाले) को कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको छ ।
    पार्टीको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज केहीबेर बसेर बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको हो ।
    आन्तरिक तयारीका लागि बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् । बैठक स्थगित गरेर अहिले दुवै पक्ष छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।

    images

    बैठकपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले वार्ता सकरात्मक रहेको जानकारी दिए ।
     “आजै निष्कर्षमा पुग्ने प्रयास हुन्छ । बाहिरी चर्चाको पछाडि नलागौँ, वार्ता सकरात्मक छ,” उनले भने ।
    कार्यदलमा दुवै पक्षका पाँच पाँच जना सदस्य छन् ।