आइतबार, भाद्र २८ गते २०८३
images

प्रिमियर लिग : सिटी र लिभरपुलले अंक बाढे

एक्सप्रेस पाना
चैत्र २८, २०७८ सोमबार
  • 436
    SHARES
  • प्रिमियर लिग : सिटी र लिभरपुलले अंक बाढे

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले  लिभरपुलसंग २-२ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

    images

    आइतबार राति सिटीको घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले दुई पटक अग्रता बनाएको थियो । तर पाहुना टोली लिभरपुलले खेलमा फर्कन सफल भयो । 

    सिटीको लागि केभिन डि ब्रुएन र ग्राबियल जिससले गोल गरे भने लिभरपुलको लागि डिएगो जोटा र साडियो मानेले गोल गरे ।

    images

    पाँचौं मिनेटमा डी ब्रुएनले सिटीलाई अग्रता दिलाए । १३औं मिनेटमा जोटाले बराबरी गोल गरे । ३६औं मिनेटमा ग्राबियलले गोल गर्दा सिटीले पुनः २-१ को अग्रता बनायो । तर दोस्रो हाफ सुरु भए लगत्तै मानेले गोल गर्दै खेल २-२ को बराबरी ल्याए । 

    उक्त बराबरीसँगै सिटीले ३१ खेलबाट ७४ अंक जोड्दै शीर्ष स्थानमा छ । समान खेलबाट ७३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।