बुधबार, कार्तिक १९ गते २०८३
images
images

घरायसी विवादमा शौचालय गएकी श्रीमतीको हत्या

एक्सप्रेस पाना
चैत्र २८, २०७८ सोमबार
  • 346
    SHARES
  • घरायसी विवादमा शौचालय गएकी श्रीमतीको हत्या

    चैत २८ उदयपुर । जिल्लाको कटारी नगरपालिका-५ बर्मजियामा एक महिलाको हत्या भएको छ ।

    images

    सोमबार बिहान शौचालय बसिरहेकी ३७ वर्षीया नानु खनालको उनकै श्रीमानले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घरायसी विवादका कारण पोष्टराज दाहालले शौचालय बसिरहेकै स्थानमा दाउराले हिर्काएर हत्या गरेको प्रहरीको भनाइ छ । 

    बिहान करिब साढे ४ बजेतिर शौचालय गएकी खनालको घरको आँगनमा रहेको दाउराले हिर्काउँदा उनको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । प्रहरीले घटनास्थल प्रकृति मुचुल्का गरी शवलाई कटारी अस्पतालमा पोष्टमार्टमका लागि लगेको छ । पोष्टराज दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । न्युज कारखाना

    images