आइतबार, भाद्र २८ गते २०८३
images

लगातार दोस्रो हारसँगै नेपाल प्रतियोगिताबाटै बाहिरियो

एक्सप्रेस पाना
चैत्र २८, २०७८ सोमबार
  • 547
    SHARES
  • लगातार दोस्रो हारसँगै नेपाल प्रतियोगिताबाटै बाहिरियो

    चैत २८ काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भएको छ । 

    images

    सोमबार कीर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपाल ताजकिस्तानसँग फराकिलो हार ब्यहोरदै प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो ।

    समुह ‘बी’ मा रहेको नेपाल दुई खेलबाट अंकविहिन हुदै चौथो स्थानमा रहेको छ । यस्तै शीर्ष स्थानको ताजकिस्तानको चार अंक छ  भने दोस्रो स्थानमा रहेको उज्वेकिस्तनको तीन अंक छ । तेस्रो स्थानको अफगानिस्तानको एक अंक छ ।

    images

    ताजकिस्तानले आइतबार पहिलो खेलमा अफगानिस्तानसँग बराबरी खेलेको थियो । पहिलो खेलमा नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्ताानको सामना गर्नेछ ।