आइतबार, भाद्र २८ गते २०८३
images

आईपीएल : गुजरातको पहिलो हार

एक्सप्रेस पाना
चैत्र २९, २०७८ मंगलबार
  • 467
    SHARES
  • आईपीएल : गुजरातको पहिलो हार

    एजेन्सी । सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टि२० प्रतियोगितामा सोमबार  गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ । 

    images

    सोमबार राति  मुम्बईमा १६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । 

    कप्तान केन विलियम्सनले सर्वाधिक ५७ रन बनाए । यस्तै अभिषेक शर्माले ४२ रनको योगदान गरे । गुजरातका हार्दिक पान्ड्या र राशिद खानले समान १ विकेट लिए ।

    images

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो । उसका कप्तान हार्दिकले ५० रन बनाए । हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान २ विकेट लिए ।