आइतबार, भाद्र २८ गते २०८३
images

रियल च्याम्पियन लिगको सेमिफाइनलमा

एक्सप्रेस पाना
चैत्र ३०, २०७८ बुधबार
  • 710
    SHARES
  • रियल च्याम्पियन लिगको सेमिफाइनलमा

    एजेन्सी । स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिड यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल क्लब च्याम्पियन लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    बुधबार बिहान क्वार्टरफाइनलको दोस्रो लेगमा साविक विजेता समेत रहेको चेल्सीसँग ३-२ गोलले पराजित भएपनि समग्रमा ५-४ को अग्रतामा रियल सेमिफाइनल पुगेको हो । पहिलो लेगमा करिम बेन्जेमाको ह्याट्रिकमा रियलले अवे खेलमा साविक विजेता समेत रहेको चेल्सीलाई ३-१ ले हराएको थियो । यस्तै बेन्जेमा रियललाई सेमिफाइनलमा पुर्‍याउन पुनः नायक सावित भए । उनले चेल्सीविरुद्धको दोस्रो लेगमा पनि १ गोल गरे ।

    कुनै समय प्रतियोगिताबाट बाहिरिने अवस्थामा रहेको रियललाई रोड्रिगो र बेन्चमाले जीवनदान दिएका थिए । ३-० ले पछि परेको अवस्थामा रियललाई रोड्रिगोले ८०औं मिनेटमा गोल गर्दै । खेलमा फर्काएका थिए । त्यसअघि मासन माउन्टको गोलबाट चेल्सीले १५औं मिनेटको खेलमा १-० गोलको अग्रता बनाएको थियो ।

    images

    यस्तै ५१औं मिनेटमा एन्टोनियो रुडिगरको गोलमा चेल्सीले अग्रतालाई दोब्बर बनाएको थियो । उक्त गोलसँगै चेल्सीले खेलमा ३-३ को बराबरी गरेको थियो । टिमो वार्नरले ७५औं मिनेटमा गोल गर्दै चेल्सीले अन्तिम चारमा पुर्याउने सम्भावना बलियो बनाएका थिए । तर, ८० औं मिनेटमा खेललाई रोड्रिगोले रियलका लागि गोल गरेपछि खेलले नाटकिय मोड लिएको थियो । उनको गोलबाट खेल थप समयमा धकेलिएको थियो । जसमा पुनः बेन्जेमाले रियलाई सेमिफाइनल पुर्याउन सफल भएका छन् ।

    यस्तै अर्को खेलमा जर्मन बुन्डेसलिगा फुटबल क्लब बायर्न म्युनिससँग १-१ गोलको बराबरीमा रोकिए पनि स्पेनिस ला लिगा फुटबल क्लब भिल्ला रियल समग्रमा २-१ गोलको अग्रता बनाउँदै सेमिफाइनल प्रवेश गरेको छ ।