एजेन्सी । जर्मन महारथी क्लब बायर्न म्युनिखलाई दोस्रो लेगमा १-१ गोलको बराबरीमा रोक्दै स्पेनिस ला लिगा फुटबल क्लब भिल्लारियल १६ वर्षपछि युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार किहान सम्पन्न खेलमा १-१ को बराबरीमा रोकिए पनि पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १-० अन्तरले पराजित गरेको थियो । समग्रमा भिल्लारियल २-१ अन्तरले विजयी भयो । योसँगै ६ पटकको च्याम्पियन बायर्न प्रतियोगिताबाट बाहिरिएको छ ।
दोस्रो लेगमा खेल पूरा आफ्नो पकडमा राखेपनी बायर्न सफल हुन सकेन । खेलकाे ५२औ मिनेटमा रोबर्ट लेवास्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । तर पाहुना टोलीका स्यामुअल चुक्केजेले खेल सकिन दुई मिनेट अघि गोल गर्दा बायर्न स्तब्ध भयो ।


