आइतबार, भाद्र २८ गते २०८३
images

त्रिदेशीय शृंखला विजेता टोलीलाई जनही दुई लाख दिने

एक्सप्रेस पाना
चैत्र ३०, २०७८ बुधबार
  • 440
    SHARES
  • त्रिदेशीय शृंखला विजेता टोलीलाई जनही दुई लाख दिने

    चैत ३० काठमाडौं । घरेलु मैदानमा भएको  त्रिदेशीय टि२० श्रृंखला विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई सरकारले जनही नगद दुई लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ ।

    images

    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीहरूलाई जनही दुई लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो । 

    युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले श्रृंखला विजेता खेलाडी तथा प्रशिक्षकहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।  

    images

    मन्त्रीपरिषद्को निर्णयअनुसार श्रृंखला खेलेका १६ खेलाडीले जनही दुईरदुई लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद एक लाख ५० हजार तथा अन्य अफिसियलले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

    मलेसिया र पपुवा न्यु गिनी ९पिएनजी० सम्मिलित त्रिदेशीय शृंखलाको उपाधि नेपालले शतप्रतिशत नतिजासहित जितेको थियो । 

    नेपालले फाइनलमा पिएनजीलाई ५० रनले पराजित गर्दै उपाधि चुमेको थियो ।