आइतबार, भाद्र २८ गते २०८३
images

च्याम्पियन लिग : लिभरपुल सेमिफाइनलमा

एक्सप्रेस पाना
बैशाख १, २०७९ बिहीबार
  • 597
    SHARES
  • च्याम्पियन लिग : लिभरपुल सेमिफाइनलमा

    एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन लिग अन्तर्गत बेन्फिकासँग दोस्रो लेगमा बुधबार राति ३-३ गोलको बराबरी खेल्दै लिभरपुल सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    समग्रमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ६-४ अन्तरले पराजित गर्यो । पहिलो लेगमा बेन्फिका घरेलु मैदानमा लिभरपुलसंग ३-१ अन्तरले पराजित भएको थियो ।

    दोस्रो लेगमा भने बेन्फिकाले खेलमा फर्कन निकै प्रयास गर्यो । तर पहिलो लेग हार्नु नै बेन्फिकाको लागि घातक रह्यो । दोस्रो लेगमा लिभरपुलका लागि रोबर्टो फिर्मिनोले दुई तथा इब्राहिमो कोनाटेले एक गोल गरे ।

    images

    अर्को क्वाटर फाइनलमा एट्लेटिको मड्रिडलाई १-० अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गर्यो । फाइनल प्रवेशका लागि लिभरपुलले स्पेनिस क्लब भिल्लारियलसंग खेल्नेछ ।