आइतबार, भाद्र २८ गते २०८३
images

बार्सिलोना घरेलु मैदानमा पराजित हुँदै युरोपा लिगबाट बाहिरियो

एक्सप्रेस पाना
बैशाख २, २०७९ शुक्रबार
  • 371
    SHARES
  • बार्सिलोना घरेलु मैदानमा पराजित हुँदै युरोपा लिगबाट बाहिरियो

    एजेन्सी । स्पेनिस महारथी बार्सिलोना आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीवार राति ३-२ अन्तरले पराजित हुँदै युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

    images

    नोउ क्याम्पमा लगातार तीन गोल बेहोरेको बार्सिलोना अन्तिम समयमा दुई गोल फर्काए पनि खेलमा फर्किन सकेन ।

    जर्मन प्रतिद्धन्द्धी फान्कफुर्टसंग क्याटलान क्लब समग्रमा ४-३ अन्तरले पराजित भयो ।पहिलो लेगमा दुबै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।

    images

    खेलको अन्तिम समय १० खेलाडीमा सिमित भएको फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे । बार्सिलोनाका सर्जियो बुस्क्वेट्स र मेम्फिस डिपाएले गोल गरेपनि टोलीको हार टार्न सकेन ।