वैशाख २ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाब्वे ‘ए’ सँग तीन खेलको एकदिवसीय र टि२० शृंखला खेल्ने भएको छ ।
घरेलु मैदान टियु क्रिकेट रंगशालामा हुने शृंखला वैशाख १७ देखि २६ गते (३० अप्रिल देखि ९ मे) सम्म चल्नेछ ।
नेपालले जिम्बाब्वे ‘ए’ सँग सुरुमा एकदिवसीय शृंखला खेल्नेछ । उक्त खेल वैशाख १७ देखि २१ गतेसम्म चल्नेछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।
यस्तै, टि२० शृंखला २३ देखि २६ गते सम्म हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
यसअघि नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी (पिएनजी)सँग दुई खेलको एकदिवसीय र पिएनजीसँगै मलेसियासम्मिलित त्रिदेशीय टी २० शृंखला खेलेको थियो ।
खेल तालिका हेर्नुहोस् :



