आइतबार, भाद्र २८ गते २०८३
images

मलेसियालाई हराउँदै रुपन्देही च्याम्पियन

एक्सप्रेस पाना
बैशाख ३, २०७९ शनिबार
  • 285
    SHARES
  • मलेसियालाई हराउँदै रुपन्देही च्याम्पियन

    वैशाख ३ काठमाडौं । मलेसिया-११ लाई ७ विकेटले हराउँदै नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधी रुपन्देही-११ ले जितेको छ ।

    images

    भैरहवाको सिद्धर्थनगरस्थित सिद्धर्थ क्रिकेट मैदानमा शनिवार भएको फाइनलमा एक सय १४१ रनको लक्ष्य पाएको रुपन्देहीले १९ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

    रुपन्देहीका प्रज्वल थापाले सर्वाधिक ७१ रन बनाए । यस्तै सन्दिप रजाइली ४१ रनको योगदान गरे । मलेसियाको लागि शाहिद अजिज, मुहम्मद वकिफ र शार्भिन मुनियान्डीले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन मात्र बनायो ।

    images

    मलेसियाको नर्जरिल रहमानले सर्वाधिक ३६ रन बनाए । त्यस्तै जुबैदी जुलफुक्लेले २६ रनको योगदान गरे । रुपन्देहीका लागि बसिर अहम्मदले दुई तथा विक्रम भुसाल, बिशालबिक्रम केसी, कप्तान कृष्ण कार्की र रुपेश कुर्मीले एक एक विकेट लिए ।