आइतबार, भाद्र २८ गते २०८३
images

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

एक्सप्रेस पाना
बैशाख ४, २०७९ आइतबार
  • 549
    SHARES
  • नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

    वैशाख ४ काठमाडौं । एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

    images

    अखिल नेपाल फुटबल संघ (एन्फा) अफगानिस्तानसंग दुई मैत्रीपूर्ण तय भएको जनाएको हो । दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुनेछ । छनोटको समूह "ए" मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतामा हुनेछन् ।

    यसअघि नेपाली टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटको लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । 

    images