आइतबार, भाद्र २८ गते २०८३
images

पीएसजी फ्रेन्च लिग उपाधि नजिक

एक्सप्रेस पाना
बैशाख ५, २०७९ सोमबार
  • 474
    SHARES
  • पीएसजी फ्रेन्च लिग उपाधि नजिक

    वैशाख ५ काठमाडौं । दोस्रो स्थानको मार्सेलीलाई आइतबार राति २-१ अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ११औँ पटक फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ ।

    images

    शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको पीएसजीले ६ खेल अघि नै लिग उपाधी जित्ने संघारमा पुगेको हो । जितसँगै पीएसजीले ३२ खेलबाट ७४ अंक बनाएको छ भने दोस्रो स्थानको मार्सेलीको ५९ अंक छ । अब २२ अप्रिलमा हुने एन्जर्सविरुद्धको खेलमा विजयी भए पीएसजीले लिग उपाधी जित्नेछ ।

    घरेलु मैदानमा खेलको १२औँ मिनेटमा नेयमारले गोल गर्दा पीएसजीले अग्रता दिलाए । डुजे अलेटाले ३१औँ मिनेटमा गोल गरेपछि मार्सेलीले बराबरी गोल गर्‍यो । पहिलो हाफको इन्जुरी समयमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै २-१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवैतर्फबाट कुनै गोल नभएपछि पीएसजी घरेलु मैदानमा उपाधि नजिक रहेको थियो ।

    images