आइतबार, भाद्र २८ गते २०८३
images

नैतिकता भन्दै एन्फाबाट राजीनामा दिएका शर्मा फर्किए

एक्सप्रेस पाना
बैशाख ६, २०७९ मंगलबार
  • 456
    SHARES
  • नैतिकता भन्दै एन्फाबाट राजीनामा दिएका शर्मा फर्किए

    वैशाख ६ काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) हुने निश्चित भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटी संयोजकबाट राजीनामा दिएकाका विज्ञानराज शर्माले राजीनामा फिर्ता लिएका छन् । 

    images

    २० फागुनमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्बोधन गर्दै ‘लिग कमिटीको संयोजकबाट राजीनामा पेश’ गरेका शर्माले सोमबार (हिजो) भएको कमिटीको बैठकमा भने अध्यक्षता गरे ।  

    स्थगित भएको सी डिभिजन लिग र हालै सम्पन्न बी डिभिजन लिगबारे छलफलका लागि बसेको बैठकमा शर्माले अध्यक्षता ग्रहण गरेका हुन् । ‘उहाँ (शर्मा) को राजीनामा फिर्ता भएको छ र उहाँकै अध्यक्षतामा हिजो बैठक सम्पन्न भयो ।’ लिग कमिटीका एक सदस्यले न्युज कारखानासँग भने । 

    images

    जुन बैठकले बी डिभिजन लिगका क्रममा भौतिक सामग्री तोडफोड गरेको भन्दै नयाँ वस्ती युथ क्लबलाई तीन लाख जरिवाना साथै खेलाडी, अफिसियल र व्यवस्थापकलाई फुटबल गतिविधिमा केही समय संलग्न हुन नपाउने गरी कारबाही गरेको थियो । 

    चौधरी ग्रुपको स्वामित्वमा रहेको एनएसएलमा शर्माले काठमाडौं रेजर्सबाट प्रतिनिधित्व गरेका छन् । पहिलो संस्करणका क्लब च्याम्पियन बन्दा नै शर्मा क्लबको डाइरेक्टर थिए । 

    यसपछि उनले दोस्रो संस्करणमा भने दोहोरो भूमिकामा रहन नहुने भन्दै नैतिकताको आधारमा राजिनामा दिएका थिए । 

    ‘लिग कमिटीको संयोजक र काठमाडौं रेजर्स फुटबल क्लबको डाइरेक्टरको रुपमा सँगसँगै काम गर्दा कतिपय अप्ठयाराहरू आउन सक्ने तथा दोहोरो जिम्मेवारीले कतिपय नैतिकताका प्रश्नहरू पनि जोडिन जाँदा राजिनामा पेश गरेको छुँ ।’ शर्माले पत्रमा लेखेका थिए । 

    तर, २५ चैतबाट हुने तय भएको एनएसएल विवादका कारण अनिश्चित बनेको छ । एनएसएल आयोजना र यसको अस्तित्वको विषयमा प्रश्न उठेपछि एनएसएस आयोजनाबाट पछि हटेको हो । 

    पछि शीर्ष डिभिजन क्लबले समेत एन्फालाई प्रश्न गरेपछि शर्माले एन्फाबाट हात झिकेर एनएसएललाई सहयोग गरेका थिए । तर, दोस्रो पटक आयोजना हुने तयारीमा रहेको एनएसएल अक्सनपछि अनिश्चित बनेको छ । 

    एनएसएलमा जोडिएसँगै एन्फाबाट हात झिकेका शर्माको यो प्रवृत्तिलाई एन्फाभित्रैबाट देखावटी राजीनाको आरोप लागेको छ ।