आइतबार, भाद्र २८ गते २०८३
images

लिभरपुलसँग युनाइटेड पराजित

एक्सप्रेस पाना
बैशाख ७, २०७९ बुधबार
  • 272
    SHARES
  • लिभरपुलसँग युनाइटेड पराजित

    एजेन्सी । उपाधी होडमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई  ४-० अन्तरले पराजित गरेको छ ।

    images

    घरेलु मैदान एनफिल्डमा एकपक्षीय खेल खेलेको लिभरपुलले उपाधि यात्रामा म्यानचेस्टर सिटीलाई पछ्याउने क्रममा दुबै हाफमा २/२ गोल गरेकाे हाे ।

    टोलीको सानदार जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक-एक गोल गरे । पुत्रशोकका कारण युनाइटेडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो खेलमा अनुपस्थित भए ।

    images

    उक्त जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७४ अंक छ । हारसँगै युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा छ ।