आइतबार, भाद्र २८ गते २०८३
images

वैशाख १७ मा गणेशमान स्मृति रोड रेस

एक्सप्रेस पाना
बैशाख ७, २०७९ बुधबार
  • 381
    SHARES
  • वैशाख १७ मा गणेशमान स्मृति रोड रेस

    वैशाख ७ काठमाडौं । गणेशमान सिंहको स्मृतिमा १७ वैशाखमा तेस्रो संस्करणको रोड रेस आयोजना हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने रोड रेसमा १० किलोमिटर र ५ किलोमिटरका दुई स्पर्धा हुनेछन् । 

    images

    १० किलोमिटर दौडमा महिला तथा पुरुष तर्फका विजेताले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुनेले ३० हजार रुपैयाँ , तेस्रो हुनेले १५ हजार रुपैयाँ, चौंथो हुनेले १० हजार रुपैयाँ र पाँचौं हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

    रेस दरबारमार्गबाट सुरु भई यहि सम्पन्न हुनेछ । संस्करणमा पुरुष र महिला दुवै तर्फ पाँच किलोमिटर दौड थप गरिएको छ ।
    प्रतियोगितामा रेकर्ड कायम गर्ने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । 

    images