आइतबार, भाद्र २८ गते २०८३
images

ओसासुनामाथि रियलको सहज जित, बेन्जेमाले चुकाए दुई पेनाल्टी

एक्सप्रेस पाना
बैशाख ८, २०७९ बिहीबार
  • 630
    SHARES
  • ओसासुनामाथि रियलको सहज जित, बेन्जेमाले चुकाए दुई पेनाल्टी

    एजेन्सी । ओसासुनालाई ३–१ अन्तरले पराजित गर्दै रियल मड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । घरेलु मैदानमा स्टार खेलाडी करिम बेन्जेमाले पाएको दुई पेनाल्टी सदुपयोग गर्न सकेनन् । 

    images

    यद्यपि डेभिड अलाबा, मार्को एसेन्सियो र लुकास भास्क्वेजको गोलमा रियलले महत्त्वपूर्ण तीन अंक हात पार्‍यो । ओसासुनाका एन्टि बुडिमिरले सान्त्वना गोल गरे । 

    बेन्जेमाले दोस्रो हाफको ५१औं  र ५९ औं मिनेटमा दुई पेनाल्टी चुकाएका थिए । उनको दुबै प्रहार ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाएका थिए ।

    images

    उक्त जितसँगै रियलले  ३३ खेलबाट ७८ अंक सहित शीर्षस्थानमा १७ अंकको अग्रता बनाएको छ । 

    दोस्रो स्थानको  एट्लेटिको मड्रिडको ६१ अंक तथा तेस्रो स्थानको बार्सिलोनाको ६० अंक छ ।