आइतबार, भाद्र २८ गते २०८३
images

तेस्रो लमही मेयर कप : उपाधिका लागि दङ्गाली स्पोर्ट्स र त्रीदेश्वरी क्रीकेट क्लव भिड्दै

एक्सप्रेस पाना
बैशाख ९, २०७९ शुक्रबार
  • 363
    SHARES
  • तेस्रो लमही मेयर कप : उपाधिका लागि दङ्गाली स्पोर्ट्स र त्रीदेश्वरी क्रीकेट क्लव भिड्दै

    बिकाश भट्टराई/ बैशाख ९ दाङ । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा लमहि नगरपालिकाको सहयोगमा देउखुरी क्रीकेट क्लबद्वारा बैशाख ०३ गते देखि आयोजित दाङ जिल्ला स्तरिय तेस्रो लमहि मेयर कप टि२० क्रीकेट प्रतियोगिता २०७९ मा दङ्गाली स्पोर्ट्स एकेडेमी र श्री त्रीदेश्वरी क्रीकेट क्लव आज उपाधिका लागि भिड्ने छन् ।

    images

    पहिलो चरण अन्तर्गत भएको नकआउट खेलमा दङालि स्पोर्ट्स एकेडेमीले शान्तिनगर क्रीकेट क्लवलाई पराजित गरेको थियो भने श्री त्रीदेश्वरी क्रीकेट क्लवले देउखुरी क्रीकेट क्लवलाई पराजित गरेको थियो ।

    तेस्तै दोस्रो चरणमा ६ बिजय टोलिलाई २ ग्रुपमा बिभाजन गरिएको थियो । ग्रुप ए अन्तर्गतमा दङ्गाली स्पोर्ट्स एकेडेमी, वडा नं ७ र गोर्खा मोडल स्कुल रहेका थिए भने ग्रुप बि अन्तर्गत श्री त्रीदेश्वरी क्रीकेट क्लव, प्रज्वल मेमोरियल क्रीकेट क्लव, घोराही क्रीकेट एकेडेमी रहेका थिए ।

    images

    दुबै ग्रुपका प्रत्येक टोलिले २ खेल एक आपसमा खेलेका थिए । ग्रुप ए अन्तर्गत लिगचरणमा दङ्गाली स्पोर्ट्स एकेडेमीले पहिलो खेलमा वडा नं ७ लाई १७ रनले र दोस्रो खेलमा गोर्खा मोडल स्कुललाई ३९ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

    तेस्तै ग्रुप बि अन्तर्गत लिगचरणमा श्री त्रीदेश्वरी क्रीकेट क्लवले पहिलो खेलमा घोराही क्रीकेट एकेडेमीलाई ३८ रनले र दोस्रो खेलमा प्रज्वल मेमोरियल क्रीकेट क्लवलाई ९ विकेटले पराजित गरेर फाइनल प्रवेश गरेको हो । दुबै टिमका बिजेता टोलि स्वरुप आज दङ्गाली स्पोर्ट्स एकेडेमी र श्री त्रीदेश्वरी क्रीकेट क्लव आज उपाधिका लागि भिड्दैछन् ।

    बिजेता टोलीले प्रथम पुरस्कार रु ५०,००० र उपबिजेता टोलिले रु २५००० मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । तेस्तै खेलमा बेस्ट बलर, बेस्ट ब्याट्सम्यान , म्यान अफ द सिरिज, म्यान अफ द म्याच सहित पुरस्कार प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । खेल बिहान १० बजे दाङको देउखुरी अन्तरार्ष्ट्रिय क्रीकेट मैदान लमहिमा हुनेछ ।