बुधबार, कार्तिक १९ गते २०८३
images
images

जिपमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

एक्सप्रेस पाना
बैशाख ९, २०७९ शुक्रबार
  • 238
    SHARES
  • जिपमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

    वेशाख ९ काठमाडौं । को पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भइ कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन् । 

    गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सिकोला स्थित मदर ल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images

    घाइते भएका मोटरसाइकलमा पछाडी सवार कैलालीका १८ वर्षीय जगदिश शाहीको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ । 

    जडिबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल गएराती पौने १० बजे सडक छेउमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा ठोक्किएको थियो । 

    जिप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।