बिकाश भट्टराई, दाङ । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा लमहि नगरपालिकाको सहयोगमा देउखुरी क्रीकेट क्लबद्वारा बैशाख ०३ गते देखि ०९ गतेसम्म आयोजना गरिएको दाङ जिल्ला स्तरिय तेस्रो लमहि मेयर कप टि२० क्रीकेट प्रतियोगिता २०७९ को उपाधि श्री त्रीदेश्वरी क्रीकेट क्लवले जितेको छ ।
शुक्रबार भएको फाइनल खेलमा दङ्गालीलाई ६ रनले हराउँदै उपाधि हात पारेको हो । खेलमा टस जितेर श्री त्रीदेश्वरी क्रीकेट क्लवले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
ब्याटिङ गर्ने क्रममा त्रीदेश्वरीले २० ओभर पुरा खेल्दै १२६ रन ६ विकेटको क्षतिमा बनायो । उस्का लागि समिर न्यौपानेले सर्बाधिक ३३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३९ रन बनाए । तेस्तै कप्तान शंकर बुढाले २६ बलमा २ छक्का र १ चौकाको साथमा ३८ रन बनाए । तेस्तै सुदिप नेपालीले २९बलमा १८ र सन्जोग गिरिले १९ बलमा १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अन्क बनाउन सकेनन । १२५ रोक्न दङ्गालीका बलर सुमन दसौदिले ४ओभरमा २९रन खर्चेर २ विकेट, आशिस वलि ४ओभरमा १५ रन खर्चेर १ विकेट, बिरु मगर ४ओभरमा २०रन १ विकेट लिए । जवाफि १२६ रनको बिजय लक्ष्य लिएर अगाडि बढेको दङ्गाली ११९ रनमा आफ्नो सम्पुर्ण विकेट गुमाउनपुग्यो ।
११९ रन बनाउने क्रममा दङ्गालिका बिराट भन्डारिले ३७ बलमा २छक्का र ४ चौकाको मदतमा ४२ रन , बिसम थापाले १७ बलमा २चौकाको प्रहारमा २३ रन, सुशान्त थापाले १६, सुमन दसौदिले १० रन र अनुप न्यौपाने ८ रनमा नटआउट रहे, अन्य ब्याट्सम्यानले भने सम्झन लायकको ब्याटिङ भएन ।
दङ्गालिलाई सस्तैमा रोक्न त्रीदेश्वरीका लक्ष्मण बुढाले ४ओभरमा १७रन खर्चेर ३ विकेट, करन कुमारले ३.५ ओभरमा २२ रन खर्चेर ३ विकेट , तेस्तै मोहन खत्रीले ४ओभरमा ३१ रन खर्चेर २ विकेट र सुदिप नेपालीले १ विकेट लिए । यो संगै दङ्गाली स्पोर्ट्स एकेडेमीलाई ६ रनले पराजित गर्दै श्री त्रीदेश्वरी क्रीकेट क्लव बिजेता बनेको हो ।
उक्त फाइनल खेलका प्लेयर अफ द म्याच लक्ष्मण बुढा भए । बिजेता टोलि श्री त्रीदेश्वरी क्रीकेट क्लवले प्रथम पुरस्कार रु ५०,००० र उपबिजेता टोलिदङ्गाली स्पोर्ट्स एकेडेमीले रु ३००००, मेडल र प्रमाणपत्र प्राप्त गरे । तेस्तै उक्त प्रतियोगिताभरिकै एमेर्जिङ प्लेयर र बेस्ट बलर रिसि डि.सि., बेस्ट ब्याट्सम्यान सुशान्त सिंह थापा र म्यान अफ द सिरिज मोहन खत्री भए ।


