आइतबार, भाद्र २८ गते २०८३
images

युनाइटेड आर्सनलसँग पराजित

एक्सप्रेस पाना
बैशाख ११, २०७९ आइतबार
  • 347
    SHARES
  • युनाइटेड आर्सनलसँग पराजित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई ३-१ अन्तरले पराजित गर्दै लन्डन क्लब आर्सनलले शीर्ष चारको सम्भावना कायम राखेको छ । 

    images

    शनिबार साँझ घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउन नुनो टाभारेस, बुकायो साका र ग्रानिट जाकाले गोल गरे ।  

    यता युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए । ब्रुनो फर्नाण्डेजले भने पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् । 

    images

    उक्त जितसँगै आर्सनल ३३ खेलबाट ६० अंक जोड्दै शीर्ष चार भित्र रहेको छ । शीर्ष चारमा रहेर लिग टुंगाए आर्सनल आगामी च्याम्पियन्स लिगमा छनोट हुनेछ । एक खेल बढी खेलेको युनाइटेड ५४ अंक जोडेर छैटौं स्थानमा  छ ।