आइतबार, भाद्र २८ गते २०८३
images

बेंगलोरमाथि हैदराबादको सहज जित

एक्सप्रेस पाना
बैशाख ११, २०७९ आइतबार
  • 343
    SHARES
  • बेंगलोरमाथि हैदराबादको सहज जित

    एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सहज जितसँगै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो स्थानमा उक्लिएको छ ।

    images

    शनिबार राति मुम्बईमा भएको खेलमा हैदराबाद ९ विकेटले विजयी भयो । खेलमा ६९ रनको सामान्य विजयी लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍याे ।

    हैदराबादका अभिषेक शर्माले सर्वाधिक ४७ रन बनाए । केन विलियम्सन १६ र राहुल त्रिपाठी ७ रनमा अविजित रहे ।

    images

    यसअघि टस हारेर ब्याटिङ गरेको  बेंगलोर १६ ओभर १ बलमा सवै विकेट गुमाउदै ६८ रनमा  समेटियो । बेंगलोरका सुयश प्रभुदेशाईंले सर्वाधिक १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । हैदराबादका मार्को ज्यानसन र टि नटराजनले ३-३ विकेट लिए ।

    उक्त जितसँगै हैदराबाद ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा छ । बेंगलोर ८ खेलमा ५ मा जितसहित समान १० अंक बनाउदै चौथो स्थानमा छ ।