आइतबार, भाद्र २८ गते २०८३
images

खेलाडी संघमा विक्रम लामा सर्वसम्मत

एक्सप्रेस पाना
बैशाख ११, २०७९ आइतबार
  • 472
    SHARES
  • खेलाडी संघमा विक्रम लामा सर्वसम्मत

    वैशाख ११ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत रहेको खेलाडी संघमा विक्रम लामा सर्वसम्मत चयन भएका छन् । 

    images

    आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य लामालाई सर्वसम्मतबाट अध्यक्ष चुनिएपछि प्रमाणपत्र हस्तान्तरण गरे । 

    यस्तै, विकेश कुथु, सुजल श्रेष्ठ, विराज महर्जन उपाध्यक्षमा सर्वसम्मत भएका छन् । यता सदस्यमा रन्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दहाल, रोहिच चन्द र विशाल श्रेष्ठ सर्वसम्मत चुनिए । 

    images

    ११ सदस्यीय कार्यसमितिमा भने महिला खेलाडीको नाम अटाएको छैन । महिला खेलाडीले उम्मेदवारी दर्ता नगराएकाले मनोनीतबाट तानिने नवनिर्वाचित अध्यक्ष लामाले न्युज कारखानासँग बताए । 

    अध्यक्षमा सर्वसम्मत चुनिएका लामाले खेलाडीको हकहितका लागि काम गर्ने बताएका छन् । यसअघि प्रशिक्षक संघमा सर्वसम्मतबाट राजेन्द्र तामाङ आएका छन् ।