आइतबार, भाद्र २८ गते २०८३
images

रोनाल्डो बने युरोपको 'उत्कृष्ट पाँच लिग' मा दुई फरक क्लबबाट १०० गोल पूरा गर्ने चौथो खेलाडी

एक्सप्रेस पाना
बैशाख ११, २०७९ आइतबार
  • 582
    SHARES
  • रोनाल्डो बने युरोपको 'उत्कृष्ट पाँच लिग' मा दुई फरक क्लबबाट १०० गोल पूरा गर्ने चौथो खेलाडी

    एजेन्सी । पोर्चुगलका भेट्रानस फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपको 'उत्कृष्ट पाँच' लिग मध्य दुई फरक लिगमा १०० गोलको कोसेढुङ्गा पूरा गर्ने चौथो खेलाडी बनेका छन् । 

    images

    गए राति इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलविरुद्ध एक गोल गरे सँगै रोनाल्डोले १०० गोलको कोसेढुङ्गा पूरा गरेका हुन् । रोनाल्डोले खेलको ३५औं मिनेटमा गोल गरेका थिए । यधपी उक्त खेलमा युनाइटेड आर्सनलसँग ३-१ गोलले पराजित भयो । 

    उक्त खेलमा गरेको एक गोलले नै रोनाल्डो युरोपको 'उत्कृष्ट पाँच' लिग मध्य स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडबाट १०० गोलको कोसेढुङ्गा पूरा गरेका हुन् ।

    images

    युरोपका 'उत्कृष्ट पाँच' लिग मध्ये दुई लिगमा १०० गोल गरेका खेलाडीहरू : 
    १. जाल्टन इब्राहिमोभिच सिरी 'ए' १५५ गोल, लिग वान ११३ गोल
    २. इडिसन काभानी सिरी 'ए' १३८ गोल, लिग वान ११२ गोल
    ३. गोन्जालो हिगुइन सिरी 'ए' मा १२५ गोल, ला लिगामा १०७ गोल
    ४. क्रिस्टियानो रोनाल्डोले ला लिगामा ३११ गोल, प्रिमियर लिगमा १०० गोल

    साथै रोनाल्डो युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युईएफए च्याम्पियन लिग, इंग्लिस प्रिमियर लिग र स्पेनिस ला लागि फुटबलमा गरि तीन फरक लिगमा १०० गोल पूरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।