आइतबार, भाद्र २८ गते २०८३
images

इन्टर मिलान शीर्ष स्थानमा फर्कियो

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 309
    SHARES
  • इन्टर मिलान शीर्ष स्थानमा फर्कियो

    एजेन्सी । इटालिय सिरी फुटबलमा लाजियोलाई २-१ ले पराजित गर्दै एसी मिलान शीर्ष स्थानमा फर्किएको छ । 

    images

    शनिबार राति साबिकको विजेता इन्टर मिलान रोमालाई हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो । जहाँ इन्टरले एक अंकको अग्रता लिएको थियो ।

    यस्तै गए राति भएको खेलमा लाजियोमाथिको महत्वपूर्ण जितपछि मिलानले ३४ खेलबाट ७४ अंकसहित शीर्ष स्थानमा पुनरागमन गरेको हो  । 

    images

    जुन दोस्रो स्थानको इन्टर भन्दा दुई अंक बढी हो । मिलान भन्दा इन्टरले एक खेल कम खेलेको छ । नेपोली ६७ अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको युभेन्टसको ६३ अंक छ । ५६ अंकसहित लाजियो सातौं स्थानमा छ ।

    चौथो मिनेटमा सिरो इमोबाइलको गोलमा लाजियोले अग्रता लिएको थियो । ५०औं मिनेटमा ओलिभर जिरौउडले मिलानलाई खेलमा फर्काएका थिए । 

    जारी सिजन सिरी ‘’ए मा जिरौउडको यो नवौं गोल हो । इन्जुरी समयको दोस्रो मिनेटमा टोनालीले गरेको गोलमा मिलानले जित पक्का गरेको थियो ।