आइतबार, भाद्र २८ गते २०८३
images

चेन्नई पन्जाबसँग पराजित

एक्सप्रेस पाना
बैशाख १३, २०७९ मंगलबार
  • 484
    SHARES
  • चेन्नई पन्जाबसँग पराजित

    एजेन्सी । चेन्नई सुपर किङ्सलाई ११ रनले हराउदै इन्डियन लिग (प्रिमियर) टि२० क्रिकेट प्रतियोगितामा पन्जाब किङ्सले चौथो जित निकालेको छ । मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन बनाउन सक्यो ।

    images

    चेन्नईका अम्बाती रायडुले सर्वाधिक ७८ रन बनाए । रुतुराज गायकवाडले ३० रनको योगदान गरे । पन्जाबका कागिसो रबडा र ऋषि धवनले २-२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल तयार पारेेकाे थियाे ।

    पन्जाबका शिखर धवनले अविजित ८८ रन बनाए । यस्तै भानुका राजपाक्षेले ४२ रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए । प्रतियोगितामा पन्जाबले ८ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा छ । छैटौं हार बेहोरेको चेन्नई ८ खेलबाट ४ अंक जोडेर नवौं स्थानमा छ ।

    images