आइतबार, भाद्र २८ गते २०८३
images

अर्जेन्टिनाबिरुद्धको खेलपछि चेलिनीले सन्यास लिने

एक्सप्रेस पाना
बैशाख १३, २०७९ मंगलबार
  • 431
    SHARES
  • अर्जेन्टिनाबिरुद्धको खेलपछि चेलिनीले सन्यास लिने

    एजेन्सी । इटालीका अनुभवी डिफेन्डर जर्जियो चेलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । ३७ वर्षीय रक्षक चेलिनीले जुनमा अर्जेन्टिनासँग इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेलसँगै सन्यास लिने घोषणा गरेका हुन् । 

    images

    यसअघि नै युरोकप विजेता इटाली र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुने तय भएको थियो । सोमबार राति इटालियन सिरी ‘ए’ मा सासुओलोलाई २–१ अन्तरले पराजित गरेसँगै युभेन्ट्सका रक्षक चेलिनीले अन्तर्राष्ट्रिय खेलबाट टाढा रहने निर्णय लिएका हुन् । 

    ‘म राष्ट्रिय टोलीलाई वेम्वली रंगशालाबाट बिदाइ गर्न चाहन्छु,’ चेलिनीले  भनेका छन्, जहाँ मैले युरोकप जितेर करियरको अनुभव बाढेको छु ।’  

    images

    जर्जियो चेलिनीले सन् २००४ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । त्यसयता उनले ११६ क्याप जितेका छन् । जसमा आठ गोलसमेत रहेको छ । यसैवर्ष कतारमा हुने फिफा विश्वकप–२०२२ मा इटाली स्थान बनाउन असफल भएको छ ।