बुधबार, कार्तिक १९ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

एक्सप्रेस पाना
बैशाख १३, २०७९ मंगलबार
  • 355
    SHARES
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    वैशाख १३ काठमाडौं । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–४ गोपालपुरमा मोटरसाइकलको ठक्करबाट आज एक जना पैदलयात्री मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा स्थानिय ७५ बर्षीय पंचम अहिर रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    आज बिहान साढे १० बजे तौलिहवाबाट गोपालपुर तर्फ जाँदै गरेको यू.पि.५५ एक्स ९१८० भारतीय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेका अहिरलाई ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images