आइतबार, भाद्र २८ गते २०८३
images

महिला संघको अध्यक्षमा पेमा लामा विजयी

एक्सप्रेस पाना
बैशाख १३, २०७९ मंगलबार
  • 455
    SHARES
  • महिला संघको अध्यक्षमा पेमा लामा विजयी

    वैशाख १३ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) महिला संघको अध्यक्षमा पेमा डोल्मो लामा निर्वाचित भएकी छन् ।

    images

    एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको निर्वाचनमा पेमा डोल्माले प्रतिद्वन्द्वी विमला पौडेललाई पराजित गर्दै विजयी भएकी हुन् ।  कुल ४२ मतमध्ये लामाले ३६ र पौडेलले ६ मत पाए ।

    यस्तै उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली विजयी भएका छन् ।  श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ मत प्राप्त गरे । अर्की उम्मेदवार रमा भट्टराईले सात मत प्राप्त गरेकी छन् ।

    images

    उक्त पदमा सात जना मात्रै उम्मेदवार बनेपछि निर्वाचन समितिले सात सदस्यलाई सर्वसम्मत घोषणा गरेको थियो । संघको सदस्यमा वृन्दा देवान, दीपा क्षेत्री, सरिला श्रेष्ठ मलेकु, सरस्वती श्रेष्ठ, लिलामाया थापा, चन्द्र भण्डारी र बिना श्रेष्ठ रहेका थिए ।