आइतबार, भाद्र २८ गते २०८३
images

च्याम्पियन लिग : रियलमाथि सिटीको जित

एक्सप्रेस पाना
बैशाख १४, २०७९ बुधबार
  • 546
    SHARES
  • च्याम्पियन लिग : रियलमाथि सिटीको जित

    एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको पहिलो सेमिफाइनलमा घरेलु टोली म्यानचेस्टर सिटीले रियल मड्रिडविरुद्ध ४-३ अन्तरको अग्रता लिएकाे छ । 

    images

    बुधबार म्यानचेस्टर स्थित इतिहाद रंगशालामा भएको खेलमा दुबै टोली आक्रमणमा केन्द्रीत रहँदा पहिलो लेगमै सात गोल प्रहार भयाे ।

    इग्लिस प्रीमियर लिग लिडरसमेत रहेको सिटीले सुरुवात २-० को अग्रता गुमाएको थियो । खेलको पहिलो हाफमा ३ गोल हुँदा दोस्रो हाफमा चार गोल थपिए  ।

    images

    घरेलु टोली सिटीको जितमा केभिन डे ब्रुयन, गाब्रीयल जेसुस, फिल फोडेन र बर्नाण्डो सिल्भाले १/१ गोल गरे । यता पाहुना टोली रियलको लागि करिम बेन्जेमाले एक पेनाल्टी सहित २ गोल गरे । यस्तै भिनिसिअस जुनियरले १ गोल गरे । 

    पराजित बाबजुद रियलले अवे खेलको फाइदा भने उठाएको छ । पेरिसमा हुने फाइनल पुग्न दोस्रो लेगमा सिटीलाई बराबर काफी छ भने रियललाई जितको बिकल्प छैन । दोस्रो लेग अब रियलको घरेलु मैदानमा ५ मेमा हुनेछ ।