वैशाख १४ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली कप्तान तथा नम्बर वान गोलरक्षक किरण चेम्जोङले आफू प्रशिक्षकको व्यवहार प्रति असन्तुष्टि रहेका बताएका छन् ।
व्यवसायिक फुटबलका लागि माल्दिभ्समा रहेका कप्तान किरणले प्रशिक्षकले गरेको व्यवहारप्रति आफ्नो असन्तुष्टि रहेको बताएका हुन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुमा उनी लेख्छन् । 'टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु । जय नेपाल '
एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको फुटबल टोलीका ९ सिनियर खेलाडीले प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै मंगलबार प्रशिक्षण क्याम्प छाडेका थिए । किरण्को अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छोड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरी प्रशिक्षकसँग त्यसबारे छलफल गरेका थिए । प्रशिक्षकले अन्य खेलाडीलाई पनि क्याम्प छोड्न बताएपछि अन्य खेलाडीले पनि मंगलबार क्याम्प छोडेका थिए ।


