आइतबार, भाद्र २८ गते २०८३
images

लिभरपुललाई पहिलो लेगमा अग्रता

एक्सप्रेस पाना
बैशाख १५, २०७९ बिहीबार
  • 456
    SHARES
  • लिभरपुललाई पहिलो लेगमा अग्रता

    एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले भिल्लारियलाई २-० अन्तरले पराजित गरेको छ ।

    images

    बुधबार राति घरेलु मैदान एनफिल्डमा जित निकाल्ने क्रममा लिभरपुलले सुरुआती गोल उपहार पायो, भने दोस्रो गोल साडियो मानेले गरे ।

    घरेलु मैदानको सहज जितसँगै लिभरपुल फ्रान्स राजधानी पेरिसमा हुने फाइनल नजिक छ । अब दोस्रो लेग भिल्लारियलको मैदानमा हुनेछ । जुन खेलमा लिभरपुललाई बराबर काफी हुनेछ ।

    images

    भिल्लारियलको बलियो डिफेन्स बीच पहिलो हाफमा कुनै गोल निस्कन सकेन । खेलको ५३औँ मिनेटमा पर्भिस स्तुपिनानले आफ्नै पोस्टमा गोल गर्दा लिभरपुलले अग्रता बनायो ।पहिलो गोल भएको दुई मिनेट पछि नै साडियो मानेले मोहम्मद सलाहको पासमा दोस्रो गोल गरे ।