एजेन्सी । भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा म्यान्चेस्टर युनाइटेड चेल्सीसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।
बिहिबार राति भएको इग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले १-१ अन्तरको बराबरी खेलेका हुन् ।
युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा पाहुना टोली चेल्सीले सुरुवाती अग्रता बनायो । पहिलो हाफमा चेल्सीले निकै दवाव बनाएपनि गोल गर्न सकेन । दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।
खेलको ६०औं मिनेटमा मार्को एलन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर दुई मिनेट मै युनाइटेडले गोल फर्कायो । माटिकको पासमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।
उक्ति बराबरीसंगै युनाइटेडको शीर्ष चारमा स्थान बनाउने सम्भावना कमजोर बन्दै गएको छ । यता चेल्सी ३३ खेलबाट ६६ अंक सहित तेस्रो स्थानमा छ । दुई खेल बढी खेलेको युनाइटेड ५५ अंक सहित छैटौं स्थानमा छ ।


