आइतबार, भाद्र २८ गते २०८३
images

जिम्बावेविरुद्धको शृंखला : के भन्छन् प्रशिक्षक र कप्तान ?

एक्सप्रेस पाना
बैशाख १६, २०७९ शुक्रबार
  • 424
    SHARES
  • जिम्बावेविरुद्धको शृंखला : के भन्छन् प्रशिक्षक र कप्तान ?

    वैशाख १६ काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको आफ्नो तयारी पूरा भएको जनाएको छ । 

    images

    नेपाली टोलीका कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दासानायकले टोलीको तयारी राम्रो भएको र शृंखला जित्न खेल्ने बताए । यस्तै सन्दीप र पुबुदुले अमेरिकामा हुने विश्वकप लिग-२ खेल्नु अघि यो अभ्यासलाई सहज हुने बताए । यस्तै नेपाली टिमलाई आफ्नो गल्ती सुधारको अवसर रहने बताएका छन् । 

    नेपालले घरेलु मैदानमा वैशाख १७ गतेदेखि (भोलि ) जिम्बावे ‘ए’ विरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी २० क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा शृंखला खेल्न लागेको हो ।

    images

    के भन्छन् दुबै टोलीका कप्तान कोच : सन्दीप लामिछाने कप्तान, नेपाली टिम  जिम्बावे टिमलाई स्वागत छ । हाम्राे टिम सन्तुलित छ । हामीले पिएनजी र मलेसियासँग नयाँ प्रयाेग गर्याै र काम पनि गर्ये । हाम्राे लागि अमेरिका जानु अघि याे राम्राे अवसर हाे । जिम्बावे राम्राे टिम हाे । उनीहरुसंग खेल्न सजिलाे हुने छैन । प्रतिस्पर्धा हुने अपेक्षा छ । तयारी राम्राे छ सबै खेलाडी तयार छन् । 

    पुबुदु दासानायके प्रशिक्षक, नेपाली टिम   जिम्बावेलाई स्वागत छ । खुशी छाैँ स्वागत गर्न पाउदा । हाम्राे लागि अमेरिका टुर अघि अवसर हाे । अबकाे दश महिना हाम्राे क्रिकेट व्यस्त छ । २४ खेल बाँकी छ । हामी त्यसअघि (विश्वकप लिग-२) युवा खेलाडीलाई अवसर दिन क्वालिटी क्रिकेट खेल्न चाहन्छाैँ । जिम्बावे ए सँग क्वालिटी क्रिकेट खेल्ने योजना छ । यू१९ टिमका केही खेलाडी पनि छन् ।

    जिम्बावे कप्तान टाेनी : हामी नयाँ अनुभव हेर्दैछाैँ । हाम्राे टिम युवा छ । राम्राे गर्न तयार छाैँ । 

    जिम्बावे काेच: डौग्लास होन्डु  हामी युवा टिम लिएर आएका छाैँ । हामीले केही रिजनल खेल खेलेका थियाैँ । हाम्राे लागि याे टुर धेरै महत्वपूर्ण छ । यहीबाट खेलाडीहरु राष्ट्रिय टिममा पर्न प्रतिस्पर्धा गर्दैछन् । नयाँ युवा खेलाडीहरु छन् । हाम्राे खेलाडीकाे लागि यहाँ चुनाैतीपुर्ण अवसर हुनेछ । प्रतिस्पर्धात्मक सिरिजकाे अपेक्षा छ ।