आइतबार, भाद्र २८ गते २०८३
images

आज उम्मेदवारलाई निर्वाचन चिह्न दिँदै

एक्सप्रेस पाना
बैशाख १७, २०७९ शनिबार
  • 377
    SHARES
  • आज उम्मेदवारलाई निर्वाचन चिह्न दिँदै

    वैशाख १७ काठमाडौं । निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दै छ । स्थानीय तह निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र तर्फबाट उम्मेदवार भएकाहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको हो । 

    images

    शुक्रबार उम्मेदवारी फिर्ताको कार्यतालिका थियो । त्यसअघि भने आयोगले उम्मेदवारी दर्ता, दाबी–विरोध र उजुरीको जाँचबुझ गरेको थियो । यी प्रक्रिया पूरा भएपछि आयोगले आज निर्वाचन चिह्न प्रदान गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले दिएको निर्वाचन चिह्नमा मतदाताहरूले उम्मेदवारलाई मतदान दिन्छन् ।