आइतबार, भाद्र २८ गते २०८३
images

चार खेल अघि नै रियललाई कीर्तिमानी ३५औं ला लिगाको उपाधि

एक्सप्रेस पाना
बैशाख १७, २०७९ शनिबार
  • 591
    SHARES
  • चार खेल अघि नै रियललाई कीर्तिमानी ३५औं ला लिगाको उपाधि

    एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आफ्नो ३४औं साताको खेलमा इस्पानियोलमाथि ४-० गोलको फराकिलो जित निकाल्दै रियल मड्रिड जारी सिजन २०२१/२२ को लिग च्याम्पियन बनेको छ ।

    images

    शनिबार राति रियलको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलिको जितमा युवा फरवार्ड रोड्रिगोले दुई तथा मार्क‍ो एसेन्सीयो र करिम बेन्जेमाले १/१ गोल गरे ।

    एकतर्फी बनेको खेलमा रियलले पहिलो हाफ र दोस्रो हाफमा समान दुई दुई गोल गरे ।

    images

    उक्त जितसँगै रिलले ८१ अंकका साथ लिग च्याम्पियन बनेको हो । उसले दोस्रो स्थानको सेभिल्लालाई १७ तथा तेस्रो स्थानको बार्सिलोनालाई १८ अंकले पछि पर्दै कीर्तिमानी ३५औं पटक ला लिगाको उपाधि उचालेको छ । यस्तै रियल पछि बर्सिलोनाले २६औं पटक ला लिगा जितेको छ ।